धादिङमा एकैपटक थपिए १६ कोरोना संक्रमित

धादिङ । धादिङमा एकैपटक १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ । हालसम्म २० हजार २ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै उच्च हो । जसमध्ये काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?