काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
यसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् तर कुनै सफलता हात पर्न सकेको छैन ।
यसैबीच अमेरिकाको फ्लोरिडामा एक केस साम्ने आएको छ ।
कोरोना भाइरस बकवास हो भनेर कोरोनाको लापरवाही गर्नेकी श्रीमतीको ने कोरोनाबाट मृत्यु भएको छ ।
बीबीसीको रिपोर्टका अनुसार फ्लोरिडाका ट्याक्सी ड्राइभर ब्रायन ली हिचेन्सकी श्रीमती एरिनको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।
ब्रायन ली हिचेन्स कोरोना भाइरसलाई बकवास हो भन्दै लापरवाही गर्दै आएका थिए । उनको लापरवाहीले उनकी ४६ वर्षीया श्रीमतीको मृत्यु भएको उनले स्विकारेका छन् ।
बिरामी भएपछि परीक्षण गर्दा उनीहरु दुबैलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया