कोरोनाबाट मृत्यु हुनेहरुको हिसाबले नेपाल विश्वको कति औँ स्थानमा ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ८ लाख ३५ हजार ७३३ जनाको मृत्यु भएको छ भने १२ करोड ४६ लाख ३८ हजार ३१७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ करोड ७० लाख ९७ हजार ८१७ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ४०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच नेपाल कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको हिसाबमा विश्वको ९१ औँ स्थानमा रहेको छ ।

नेपालमा अहिले सम्म कोरोना भाइरसका कारण १८३ जनाको मृत्यु भएको छ भने ३५ हजार ५२९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २० हजार ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार २७३ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?