जापानका प्रधानमन्त्रीले आज राजीनामा दिन सक्ने

काठमाडौं । जापानका प्रधानमन्त्री शिन्जो आबेले शुक्रवार अर्थात् आज आफ्नो पदबाट राजीनामा दिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पछिल्लो समय लामो समय यता बिरामी रहेका उनी केहि दिन अगाडि मात्र अस्पतालमा भर्ना भएका थिए ।

यसैबीच जापानी सञ्चारमाध्यमहरुका अनुसार उनले शुक्रवारको प्रेस कन्फ्रेन्समा आफ्नो राजीनामा दिन सक्ने बताइएको छ ।

उनको स्वास्थ्य अवस्था लगातार बिग्रिरहेकोले उनले राजीनमा दिन सक्ने बताइएका छन् । उनी केहि दिन अगाडि सबै काम छोडेर अस्पताल पुगेका थिए ।

उनी जब १८ अगस्टमा अस्पताल भर्ना भए, तब उनको ७ घण्टासम्म चेकअप भएको थियो । यो भन्दा पहिला पनि उनले सन् २००७ मा केहि समयका लागि ब्रेक लिएका थिए ।

त्यो बेला उनको प्रधानमन्त्री कार्याकालको शुरुवाती दिन थिए । त्यसपछि उनी सन् २०१२ बाट लगातार जापानको प्रधानमन्त्री रहेका छन् ।

यो भन्दा अगाडि उनी सन् २००६मा केहि समयका लागि प्रधानमन्त्री बनेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?