झापा । झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट संक्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ ।
कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संक्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताइन् ।
झापाको कोभिडबाट मृत्यु हुनेको सङ्ख्या अब दुई पुगेको छ । दमकमा यसअघि एक वृद्धको कोभिडका कारण मृत्यु भएको थियो ।
एक साता अघि उनी नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल गएका थिए।
त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उनकी नातिनी दुबैलाई कोभिड संक्रमण पुष्टि भएको थियो । हाल उनकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको आइसोलेसनमा उपचाररत छिन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया