कोरोनाको प्रकोप : अमेरिकामा रोकिएन महामारी, एकैदिन एक हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख ३५ हजार ३१२ जनाको मृत्यु भएको छ भने २ करोड ४६ लाख १२ हजार ३६० जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ७० लाख ८० हजार ९६० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ३९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको कारण अहिलेसम्म १ लाख ८४ हजार ७९६ हजार जनाको मृत्यु भएको छ भने ६० लाख ४६ हजार ६३४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३३ लाख ४७ हजार ९४० जना संक्रमण मुक्त भएका छन् भने २५ लाख १३ हजार ८९८ जना उपचाररत छन् ।

त्यस्तै अमेरिकामा १६ हजार २३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १२ हजार ६९१ जनाको मृत्यु भएको छ भने ६ लाख ९२ हजार ७८० जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा ६ लाख २६ हजार १३१ जनालाई संक्रमण भएको छ भने १२ हजार ४९९ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म ६ लाख ११ हजार ९९१ जनालाई संक्रमण भएको छ भने १० हजार ८७३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा बिहीवार मात्रै ४६ हजार २८६ जनालाई संक्रमण भएको छ भने १ हजार १४३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?