काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्व्मा व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख ३५ हजार ३१२ जनाको मृत्यु भएको छ भने २ करोड ४६ लाख १२ हजार ३६० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ७० लाख ८० हजार ९६० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ३९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण हालसम्म ६१ हजार ८०४ जनाको मृत्यु भईसकेको छ भने ३३ लाख ८४ हजार ५७५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २५ लाख ८३ हजार ६३ जना संक्रमण मुक्त भएका छन् भने ७ लाख ३९ हजार ८१८ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बिहीवार हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।
त्यहाँ बिहीवार ७६ हजार ८२६ जना संक्रमित थपिएका छन् भने १ हजार ६५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया