अनशन बस्न जुम्लाको खलंगा पुगेका डा. गोविन्द केसी बसेको होटल रोयल गार्डनलाई प्रहरीले घेराउ गरेको छ । प्रहरीको घेराउपछि उनी बाहिर निस्कन सकेका छैनन् ।
प्रहरीले डा. केसी बसेको होटलभन्दा ५ सय मिटर पूर्व–पश्चिममा निषेधित क्षेत्र भन्दै बुधबार साँझदेखि कसैलाई जान दिएको छैन ।
डा. केसीले चिकित्सा क्षेत्रको सुधारसहित आफूले राखेका माग पूरा नभएसम्म अनशन बस्ने चेतावनी दिएका थिए । उनले भदौ ११ गतेदेखि सत्याग्रहको घोषणा गरेका थिए । बिहीबार उनलाई भेट्न पुगेका सञ्चारकर्मीलाई पनि प्रहरीले रोकेको छ । डा. केसीले अनशन बस्न खोजेको चारवटै स्थानमा स्थानीय प्रशासनले सुरक्षाकर्मी खटाएको छ । हुम्ला, मुगु, कालीकोटलगायत जिल्लामा निःशुल्क शिविर चलाएर डा. केसी एक महिनादेखि जुम्ला बसिरहेका छन् । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया