काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ३२ हजार ५ सय ४१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ४४ लाख ८५ हजार १ सय ४३ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ६९ लाख २९ हजार ९ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ५ सय ६५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८३ हजार ९ सय ७२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १५ हजार ८ सय ७६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६० लाख १६ हजार २ सय ४१ पुगेको छ ।
हालसम्म ३३ लाख २० हजार ३ सय ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ३ सय ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय १९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया