बेलायतमा कोरोना संक्रमणको दर बढ्दै

काठमाडौं । बेलायतमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गइरहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’का अनुुसार बितेको २४ घन्टामा थप १ हजार ५ सय २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सोसल केयरले बुुधवार सार्वजनिक गरेको तथ्याँकअनुसार १ हजार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर आजको यो संख्या गत जुन दोस्रो हप्तापछिकै सबैभन्दा बढी हो । त्यस्तै हालसम्म बेलायतमा कोरोना संक्रमित कुल संख्या ३ लाख ३० हजार ३ सय ६८ पुगेको छ ।

स्वास्थ्य विभागका अनुसार यसैगरी गएको २४ घन्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बिगत २८ दिनभित्र कोरोना संक्रमित पुष्टि भएको थियो ।

त्यस्तै हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ हजार ४ सय ७७ जनाको पुुगेको छ । तर बेलायतको राष्ट्रिय तथ्याँक विभागले भने ५७ हजार २ सय को कोरोना संक्रमणबाट मृत्यु दर्ता गरिएको बताउँदै आएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर २ करोड ४४ लाख ८४ हजार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमणको कारण ८ लाख ३२ हजार भन्दा बढीको ज्यान गैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?