काठमाडौं । हुँदै नभएको विषयमा कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियालाई मुछेर सामाजिक सञ्जालमा भ्रामक हल्ला फैलाएको भन्दै यो विषय प्रहरीसम्म पुगेको छ ।
सिरोहियाले सोल्टी होटलसँग जोडेर आफूबारे मनगढन्ते हल्ला फैलाइएको भन्दै यसबारे गम्भीर छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।
‘मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।यो मेरो चरित्रहत्या गर्न गलत नियतले फैलाइएको पूर्णतः कपोलकल्पित र भ्रामक कुरा हो।यस्तो दुष्प्रचार सुरु गर्ने र हल्ला फैलाउने सबैको खोजवीन गरी उनीहरुमाथि सख्त कानूनी कार्वाही गर्न प्रहरीमा उजुरी दिइएको छ’, उनले ट्वीटरमार्फत भनेका छन् ।

उता वरिष्ठ पत्रकार किशोर नेपालले पनि यसबारे टिप्पप्णी गरेका छन् । ‘कैलाश सिरोहियाका बिरूद्धमा अहिले बजारमा चलेका हल्ला प्रायोजित हुन् । कैलाशसंग घाँटी जोडेर हिंडनुपर्ने पत्रकार पनि होइन म । तर, मलाइ राम्ररी थाह छ, यो स्वतन्त्र मिडियाको विपक्षमा प्रम ओलीको सचिवालयले रचेको षडयन्त्र हो । यसलाई हल्लाको बिषय बनाउनु नादानी हो ।’

सामाजिक सञ्जालमा बिहीबार सिरोहियालाई जोडेर असामाजिक क्रियाकलाप गरेको भनि भ्रामक हल्ला फैलाइएपछि उनी प्रहरीसम्म पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया