काठमाडौं । साउदी अरब सरकारले त्यहाँ रहेका थप १२० नेपालीहरुलाई बहिगर्मन भीसा प्रदान छ । साउदीका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा त्यहाँको सरकारले प्रदान गरेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
त्यसरी अकामाको मिति सकिएका नेपालीहरुले सहज र शीघ्ररुपमा भीसा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासमा आग्रह गरेका थिए । भने साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमोजिम त्यहाँको सरकारले थप १२० जना नेपालीहरुको नाममा बहिर्गमन भीषा प्रदान गरेको हो।
दूतावासका अनुसार यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म ७३८ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । यस मध्ये १ देखि ६१८ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको छ भने अहिले ६ सय १९ देखि ७ सय ३८ नम्बरसम्म नाम परेका नेपालीहरुले उक्त भीसा प्राप्त गर्नेछन् ।
त्यस्तै बहिर्गमन भीसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्न समेत दूतावासले अनुरोध गरेको छ ।
यस्तो छ नामावली



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया