पाकिस्तान र अफगानी तालिवानबीच भेटबारे कुरेशीद्वारा पुष्टि

लोकपथ संवाददाता
0
Shares
Pakistani Foreign Minister Shah Shah Mehmood Qureshi addresses a news conference at the foreign ministry after meeting with European Union foreign policy chief Javier Solana in Islamabad April 22, 2008. Solana arrived in Pakistan to hold talks with new elected government leaders. REUTERS/Mian Khursheed (PAKISTAN)

इस्लामावाद । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले बिहीवार अफगानिस्तानको द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अफगानी तालीवानी समूहसँग भेटवार्ता भएको बताएका छन् ।

भेटमा शान्ति प्रक्रियामा भएका प्रगतिको जानकारी तालीवानी प्रतिनिधिले आफूलाई जानकारी गराएको र समग्र प्रक्रियाबारे कुराकानी भएको उनले बताए ।

कुरेशीले अफगानी तालीवान विद्रोहीद्वारा पाकिस्तान पठाएका प्रतिनिधिसँग दुई दिन पहिले भेट गरेका थिए। अफगानी तालीवान समूहका केही नेताहरू अहिले पाकिस्तानी क्षेत्रमा रहेका छन् ।

पाकिस्तानी विदेशमन्त्री कुरेशीका अनुसार भेटमा शान्ति प्रक्रियालाई अगाडि बढाउने विधि तय गर्नेबारे छलफल भएको उल्लेख गरे ।

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तालिवानी समूहका राजनीतिक प्रतिनिधिहरूसँग भएको भेट धेरै उपयोगी थियो ।”

“अफगानी द्वन्द्वको राजनीतिक समाधान उत्कृष्ट तथा निर्विकल्प उपाय हो र यो सम्भव छ,” पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पाकिस्तानले अन्तर–अफगानी वार्ता शुरु हुनेमा विश्वास लिएको उनले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?