बारा । बाराको सुवर्ण गाँउपालिका वडा नम्बर ४ बस्ने एक गर्भवती महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा २३ वर्षीय महिला रहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए ।
भदौ ८ गते स्वाब संकलन गरेर नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा पठाएकोमा १० गते उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भर्ना भएकी उनको उपचारको क्रममा बिहीबार बिहान ६ बजेर ३० मिनेटमा उनको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया