कोरोना कहर : भारतमा संक्रमितको नयाँ रेकर्ड, थपिए हालसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाबाट विश्वमा ८ लाख २८ हजार ८९० जनाको मृत्यु भएको छ भने २ करोड ४३ लाख २३ हजार ११५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ६८ लाख ६६ हजार ८९७ जना संक्रमण मुक्त भएका छन् भने ६१ हजार ७१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६० हजार ६२९ जनाको मृत्यु भएको छ भने ३३ लाख ७ हजार ७४९ जनालाई संक्रमया भएको छ ।

त्यस्तै २५ लाख २३ हजार ४४३ जना संक्रमण मुक्त भएका छन् भने ७ लाख २३ हजार ६७७ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बुधवार हालसम्मकै धेरै संक्रमित रहेका छन् ।

भारतमा बुधवार ७५ हजार ९९५ जना संक्रमित थपिएका छन् भने १ हजार १७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?