माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिक अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात पर्न सकेको छैन ।

यसैबीच माल्दीभका पूर्व राष्ट्रपति मौमून अब्दूल गयूमलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरबाट स्वयंले नै जानकारी दिएका छन् ।

माल्दिभ्समा अहिलेसम्म कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भएको छ भने ७ हजार ४७ जनालाई कोरोना संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?