वासिङ्टन । अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पले कोरोना भाइरसबाट सङ्क्रमित भएका परिवारजनप्रति सहानुभूति व्यक्त गरेकी छन् ।
कोरोना भाइरसले सृजना गरेको सङ्कटपूर्ण यस चुनौतीलाई सबै अमेरिकीले मिलेर सामना गर्नुपर्नेमा पनि उहाँले जोड दिएकी छन् ।
रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलनलाई मङ्गलवार राती सम्बोधन गर्दै उनले सबै अमेरिकीहरु एकजुट भएर लडियो भने यस्ता सबै चुनौतीहरुलाई सामना गर्न सकिने अठोट व्यक्त गरिन् ।
कोरोना भाइरसको महामारी लगायतका चुनौतीहरुको समाधान नगरी आफ्ना पति तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्राम नलिने पनि उनले बताइन्।
श्रीमती ट्रम्पले मानवताको सुन्दर पक्षका बारेमा चर्चा गर्दै प्राकृतिक प्रकोपलगायत चुनौतीहरुका बारेमा सचेत हुनुपर्ने बेला भएकोमा जोड दिएकी थिइन्।
ह्वाइट हाउसको रोज गार्डेनबाट भएको उनको सम्बोधन सुन्नका लागि राष्ट्रपति ट्रम्प आफ्ना समर्थकहरुसँगै दर्शक दिर्घामा बसेकी थिइन् ।
कोरोना भाइरसको संक्रमण सर्न नदिनका लागि कम्तीमा पनि छ फिटको सामाजिक दुरी कायम गर्नु पर्ने चिकित्सकहरुको सिफारिस रहेपनि सो कार्यक्रममा दर्शकहरु बस्ने ठाउँमा दुई फिटको मात्रै दुरी कायम गरिएको थियो ।
कार्यक्रममा सहभागी अधिकांश पारिवारिक सदस्य तथा साथीहरुले मास्क समेत लगाएका थिएनन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया