सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आज डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ५० नमुना परीक्षण गरिएका मध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा डडेल्धुरा आलिताल गाउँपालिकाका १, अजयमेरु गाँउपालिकाका १ र कंचनपुर बेलौरी नगरपालिकाका २ छन् ।

त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिकाका १ र गोदावरी नगरपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको अस्पताल प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुषालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?