तेह्रथुम । बुधवार तेह्रथुममा समुदाय स्तरकै थप ८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि तेह्रथुममा भेटिएका नौ जनामा संक्रमण देखिएको थियो । तीनै संक्रमितको सम्पर्कमा रहेका थप आठ जनामा संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।
संक्रमण पुष्टि भएका उनीहरु म्याङलुङ बजारकै ब्यवसायी तथा सर्वसाधारणहरु रहेको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले जानकारी दिए। उनीहरुको स्वाब धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराती परीक्षण गरिएको थियो ।
गत साउन ३१ गते म्याङलुङका ३१ वर्षीय पुरुषमा संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ मार्फत ७४ जनाको स्वाब लिई परीक्षण गरिएको थियो । त्यस क्रममा नौ जनामा सङ्क्रमण देखिएको थियो ।
यससँगै तेह्रथुममा कोरोनाको सक्रिय संक्रमितको सङ्ख्या १८ पुगेको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख घिमिरेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया