काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना जोखिम न्यूनिकरणका लागि निषेधाज्ञाको अवधी एक साता थपिएको छ ।
आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायको आज बसेको बैठकपछि भदौ १७ गते राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञाको अवधी थपिएको हो ।
यसअघि जारी गरिएको निषेधाज्ञा आजराति १२ बजेबाट सकिँदैछ । उपत्यकामा कोरोना संक्रमणको जोखिम दिनानुदिन बढिरहेको अवस्थामा निषेधाज्ञाको अवधी थपिएको हो । अबको निषेधाज्ञा थप कडा हुने पनि बताइएको छ ।
उपत्यकामा ती जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका प्रमुख र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफल गरेका थिए। छलफलका क्रममा निषेधाज्ञा थप गर्न सुझाइएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया