कोरोना कहर : भारतमा एकैदिन १ हजार भन्दा धेरैको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख २३ हजार १८० जनाको मृत्यु भएको छ भने २ करोड ४० लाख ४८ हजार ८५६ जनालाई संक्रमित भएका छन् ।

त्यस्तै १ करोड ६५ लाख ९७ हजार ३१८ जना संक्रमण मुक्त भएका छन् भने ६१ हजार ७९३ जना जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ५९ हजार ६१२ जनाको मृत्यु भएको छ भने ३२ लाख ३१ हजार ७५४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २४ लाख ६७ हजार २५२ जना संक्रमण मुक्त भएका छन् भने ७ लाख ४ हजार ८९० जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा मंगलवार ६६ हजार ८७३ जना संक्रमित थपिएका छन् भने १ हजार ६६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?