काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख १९ हजार ८ सय २६ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३९ लाख ४३ हजार ९ सय ८४ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ६४ लाख ६६ हजार ३ सय ४४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ६ सय ५० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख १ हजार ४ सय ८६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ९ हजार १ सय ४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५९ लाख २४ हजार ७ सय ७८ पुगेको छ ।
हालसम्म ३२ लाख २० हजार १ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ७७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ७२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया