काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५५ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै नेपालमा हालसम्म १९ हजार १ सय १९ जना निको भएर घर फर्किएका छन् । १४ हजार २ सय ५० जना सकृय संक्रमित (आइसोलेसनमा रहेका) छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाको कारण मृत्यु भएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा थप ३ सय १३ जना गत २४ घण्टामा डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालको तथ्यांक हेर्ने हो हालसम्म कुल संक्रमित मध्ये ५७ प्रतिशत कोरोना जितेर डिस्चार्ज भएका छन् । कोरोना संक्रमितको संख्या बढनु र संक्रमण मुक्त हुनेको संख्या घट्दै गएको कारणले गर्दा संक्रमण मुक्त हुनेको प्रतिशत घटिरहेको छ ।
त्यस्तै नेपालमा हालसम्म ६ लाख २१ हजार ९ सय १ जनाको आरटी पीसीआर परीक्षणहरु भएका छन् । बितेको २४ घण्टामा मात्र ११ हजार ३ सय २७ जनाको परीक्षण गरिएको हो । भने हाल देशभर क्वारेन्टाइनमा बस्नेको संख्या १० हजार ४ सय ५३ रहेको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
प्रदेश नं १ मा
उदयपुरमा १ जना, ओखलढुङगामा १ जना, खोटाङमा १ जना, झापामा ५ जना, मोरङमा ४३ जना, सुनसरीमा १६ जना र सोलोखुम्बुमा २ जना
प्रदेश नं २ मा
धनुषामा ४२ जना, पर्सामा ४ जना, बारामा १७ जना, महोत्तरीमा १७ जना, रौतहटमा ४४ जना, सप्तरीमा ३ जना, सर्लाहीमा ५८ जना र सिरहामा ३ जना
बाग्मती प्रदेशमा
काठमाडौंमा १९९ जना, काभ्रेपालन्चोकमा ५ जना, चितवनमा ३७ जना, दोलखामा ३ जना, धादिङ्मा ८ जना, नुवाकोटमा १ जना, भक्तपुरमा १४ जना, मकवानपुरमा २ रामेछापमा १ जना, ललितपुरमा १९ जना, सिन्धुपालचोकमा १ जना
गण्डकी प्रदेशमा
कास्कीमा १३ जना, गोरखामा २ जना, तनहुँमा ६ जना, नवलपरासी पूर्वमा ४ जना, पर्वतमा २ जना, लमजुङमा १ जना र बाग्लुङमा १ जना
प्रदेश ५ नं मा
अर्घाखाँचीमा १ जना, कपिलवस्तुमा २३ जना, गुल्मीमा २ जना, दाङमा १८ जना, नवलपरासीमा ८ जना, पाल्पामा ४ जना, प्यूठानमा ४ जना, बर्दियामा ६ जना, बाँकेमा १५ जना, रुपन्देहीमा ६९ जना र रोल्पामा ३ जना
कर्णाली प्रदेशमा
कालीकोटमा ५ जना, जुम्लामा १ जना, दैलेखमा ४ जना, मुगुमा १ जना, सल्यानमा ४ जना र सुर्खेतमा ५ जना
सुदुरपश्चिम प्रदेशमा
अछाममा १९ जना, कञ्चनपुरमा १२ जना, कैलालीमा १६ जना र डडेल्धुरामा २ जना, डोटीमा ४५ जना, बझाङमा ९ जना र बैतडीमा २ जना
नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६४ पुग्यो
नेपालमा कोरोनाको कारण थप ७ जनाको मृत्यु भएको छ । त्यससँगै मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।
मृत्यु भएकामध्ये १ महिला र ६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा काठमाडौंकी ७१ वर्षीया महिला र ७४ र ६६ वर्षीय २ पुरुषहरु रहेका छन् । त्यस्तै सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (विवरणसहित)
नेपालमा बितेको २४ घण्टामा थप ३ सय ३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १९ हजार १ सय १९ जना रहेका छन् ।
कुल संक्रमित मध्ये ५७ प्रतिशत संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
प्रदेश १ मा १३०१ जना
प्रदेश २ मा ४३०५ जना
वाग्मती प्रदेश ८९६ जना
गण्डकी प्रदेशमा १६५१ जना
प्रदेश ५ मा ४५७९ जना
कर्णाली प्रदेशमा १९८३ जना
सुदूरपश्चिम प्रदेशमा ४४०४ जना
काठमाडौंसहित यी ७ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित
नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
- पर्सा
- महोत्तरी
- रौतहट
- काठमाडौं
- सर्लाही
- मोरङ
- बारा
- हुम्ला
- मुस्ताङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया