नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६४ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण थप ७ जनाको मृत्यु भएको छ । त्यससँगै मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।

मृत्यु भएकामध्ये १ महिला र ६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा काठमाडौंकी ७१ वर्षीया महिला र ७४ र ६६ वर्षीय २ पुरुषहरु रहेका छन् । त्यस्तै सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा बितेको २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?