उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठक बस्दै, निषेधाज्ञाको अवधि बढाइने

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाको समयावधि बढाइने भएको छ । गत भदौ ३ गते बुधवारबाट जारी गरिएको निषेधाज्ञा भोलीबाट सकिँदैछ । कोरोना जोखिम न्यूनिकरणका लागि आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठक बसी उक्त निर्णय गर्न लागेको हो ।

केही बेरपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बैठक शुरु हुन लागेको स्रोत जनाएको छ ।

स्रोतका अनुसार निषेधाज्ञाको अवधि थप एक साता लम्बिन लागेको हो ।

बैठकमा काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहभागी हुनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?