काठमाडौं । थाई राजसंस्थाको आलोचना गर्ने फेसबुक ग्रुप बन्द भएको छ । कानूनी कारवाही गर्ने चेतावनी दिइएपछि फेसबुकले एउटा ग्रुपलाई थाईल्याण्डमा हेर्न नमिल्ने बनाइदिएको हो।
ब्याङ्ककले त्यसो गर्न दबाव दिएपछि आफूले त्यसविरुद्ध कानूनी उपचार खोज्ने फेसबुकले बताएको छ।
थाईल्याण्डमा अहिले सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन्। तिनमा राजसंस्थामा सुधार हुनुपर्ने अभूतपूर्व माग गरिएको छ।
थाईल्याण्डमा राजसंस्थाको आलोचना गर्न पाइँदैन।
विदेशबाट ‘रोयलिस्ट मार्किटप्लेस’ नामक ग्रूप खोल्न मिल्छ। तर सोमवार साँझदेखि थाईल्याण्डमा त्यसलाई बन्द गरिएको छ। उक्त ग्रुपमा १० लाख भन्दा धेरै सदस्य छन् ।
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया