काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण कांग्रेसका एक नेताको निधन भएको छ ।
निधन हुनेमा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं २१ कार्यसमितिका सभापति ६७ वर्षीय गोविन्द रञ्जित रहेका छन् ।
उनको उपचारको क्रममा मंगलवार मृत्यु भएको हो । उनको निधनप्रति कांग्रेसले विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेको छ । त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधनप्रति दुख व्यक्त गर्दै कोरोनाको कारण मृत्यु हुने सबैप्रति संवेदना व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया