काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमै व्याप्त छ ।
चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा देखिएको छ ।
यसैबीच भारतमा पनि कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढी ने रहेको छ । त्यहाँ अहिले ३१ लाख भन्दा धेरैलाई संक्रमित भईसकेको छ ।
यसैबीच भारत कोरोनाको नयाँ सैन्टर बन्न लागेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
भारतमा पछिल्लो २ हप्तामा विश्वको १०० प्रीतशतमध्ये २६ प्रतिशत केस भारतमा देखा परेका छन् ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ५८ हजार ५४६ जनाको मृत्यु भएको छ भने ३१ लाख ६७ हजार ३२३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २४ लाख ४ हजार ५८५ जना संक्रमण मुक्त भएका छन् भने ७ लाख ४ हजार १९२ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा २ हजार ४४२ जना संक्रमित थपिएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया