काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन दलको राष्ट्रिय भेलामा विपक्षी डेमोक्र्याटहरू नोभेम्बरको चुनावमा धाँधली गर्न लागिपरेको दाबी गरेका छन्।
दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्पले यस्तो बताएका हुन् । उनले मञ्चमा आएर एक घण्टाको सम्बोधन गरेका थिए।
उनले आफूलाई जिताए अमेरिका अघि बढ्ने बताउँदै भने, ‘यो चुनाव हामीले जित्नै पर्छ, यो हाम्रो देशको इतिहासकै सबभन्दा महत्त्वपूर्ण चुनाव हो, सबभन्दा ठूलो हो, हाम्रो देश अत्यन्त खराब दिशामा जान सक्छ वा त अझै राम्रो उचाइमा पुग्न सक्छ, चीनबाट प्लेग आउनु अगाडि हामी त्यही राम्रो दिशामा गइरहेका थियौँ।’
उनले हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्र्याटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप कुनै प्रमाण बिना नै लगाएका छन्।
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया