पुलिसले अश्वेतमाथि पछाडीबाट चलायो गोली, सोसल मिडियामा भिडियो भाइरल

काठमाडौं । अमेरिकामा केहि समय अगाडि एक अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना भएको थियो ।

केहि महिनासम्म चलेको आन्दोलनमा पुलिसको पनि चर्को आलोचना भएको थियो । अब फेरि एक दर्दनाक घटना साम्ने आएको छ ।

एक भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भाइरल भिडियोमा पुलिस अधिकारीले गाडीमा रहेका अश्वेत व्यक्तिलाई पछाडीबाट गोली हानेको भिडियो छ ।

यो भिडियो भाइरल बनेपछि अहिले सयौँ मानिस सडकमा उत्रिएका छन् ।

आईतवार साँझ भएको उक्त घटनामा घाईते भएका व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?