कोमामा छन् किम जोङ : पहिला सार्वजनिक भएको फोटो ‘फेक’, सम्हालिन् बहिनीले सत्ता !

काठमाडौं । अहिले उत्तर कोरियाली तानाशाह किम जोङ उनको स्वास्थ्यबारे पुनः एकपटक चर्चा भइरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे–जंगका अधिकारी भईसकेका पूर्व कूटनीतिक चाङ्ग सोङ्–मिनले किम जोंग उन कोमामा भएको दाबी गरेका छन् । यो खबर उत्तर कोरियाली तानाशाह किमले बहिनी किम यो जोंगलाई केहि दिन अगाडि अमेरिका र दक्षिण कोरियासँग सम्बन्ध स्थापित गर्न दिएको खबर पछि भाइरल बनिरहेको हो ।

Kim jong un

केहि महिना अगाडि अचानक उनको बारेमा विभिन्न अड्कलबाजीहरु भएका थिए । तर त्यसलाई असत्य साबित गदै किम एक सार्वजनिक कार्यक्रममा रिबन काट्दै देखा परेका थिए । अहिले दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञले उत्तर कोरियाली तानाशाह किम कोमामा रहेको दाबी गरिरहेका छन् । त्यसपछि उनको स्वास्थ्यबारे फेरि एकपटक चर्चा शुरु भएको छ ।

Kim jong un

डेली मेलमा प्रकाशित एक रिपोर्टका अनुसार स्थानीय मिडियासँग कुराकानी गर्दै दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञले किम जोंग उन कोमामा भएको तर उनको जीवन अन्त्य भने नभएको बताएका हुन् ।

Kim jong un

उनका अनुसार अहिले किमका ३३ वर्षीया बहिनी किम यो–जोंग दाइका केही शक्तिसहित सर्वोच्च पदमा रहेकी छिन् ।

Kim jong un

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?