काठमाडौं । भारतीय कांग्रेसको अध्यक्षमा फेरि पनि एक वर्षका लागि सोनिया गान्धी नै रहने भएकी छन् ।
कांग्रेस वर्किंग कमिटीको बैठकले यो फैसला लिएको हो । उनी कांग्रेसको अन्तरिम अध्यक्ष बनिरहने भएकी छन् ।
पार्टीका २३ जना सदस्यले उनलाई लिखित पत्र पठाएपछि उनले पार्टीबाट राजिनामा दिएकी थिइन् । तर आज बसेको कांग्रेसको बैठकले पुनः एक वर्षका लागि सोनिया नै अन्तरिम अध्यक्ष रहने निर्णय गरेको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया