नेपालमा कोरोना अपडेड : कुन जिल्लामा कति थपिए संक्रमित ? पछिल्लो विवरणसहित

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ७ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन । देशभरका प्रयोगशालामा गरिएको १० हजार २ सय ३४ परीक्षणमा ७ सय ४३ जनामा संक्रमण देखिएको हो । त्यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ८ सय ६ पुगेको स्वास्थ्य मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्रै २ सय २४ उपत्यकामा संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ ।

आज सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको छ । यस्तै होम आइसोलेसनमा देशभरी ४ हजार ५ सय ६१ जनारहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ७५ जना डिस्चार्ज भएका छन । आजसम्म १८ हजार ८ सय जना डिस्चार्ज भएका छन । क्वारेन्टिनमा ११ हजार २ सय ७५ जना रहेका छन ।

 

कुन जिल्लामा कति थपिए संक्रमित ?

प्रदेश १ मा

इलाममा १ जना, उदयपुरमा १ जना, ओखलढुङगामा ३ जना, खोटाङमा ४ जना, झापामा ५ जना, धनकुटामा २ जना, मोरङमा ३१ जना,सङखुवासभामा २ जना र सुनसरीमा २३ जना

प्रदेश २ मा

धनुषामा ५ जना, पर्सामा ३४ जना, बारामा ९४ जना, रौतहटमा ५ जना, सप्तरीमा १५ जना, सर्लाहीमा ८ जना र सिरहामा १० जना

बाग्मती प्रदेशमा

काठमाडौंमा १७७ जना, काभ्रेपलान्चोकमा ५ जना, चितवनमा ३२ जना, दोलखामा १ जना, धादिङ्मा २ जना, भक्तपुरमा १४ जना, मकवानपुरमा १८ जना, रामेछापमा २ जना, ललितपुरमा ३३ जना र सिन्धुपालचोकमा ५ जना

गण्डकी प्रदेशमा

कास्कीमा २ जना, गोरखामा १ जना, तनहुँमा ३ जना, नवलपरासीपूर्वमा ५ जना, म्याग्दीमा १ जना, बाग्लुङमा २ जना, स्याङजामा १ जना

प्रदेश ५ मा

अर्घाखाँचीमा १ जना, कपिलवस्तुमा ९ जना, गुल्मीमा ४ जना, नवलपरासीमा ५ जना, पाल्पामा २ जना, बर्दियामा १ जना, बाँकेमा ८ जना, रुपन्देहीमा ६ जना र रोल्पामा २ जना

कर्णाली प्रदेशमा

कालीकोटमा ३ जना, जाजरकोटमा १९ जना, रुकुमपश्चिममा १८ जना र सुर्खेतमा ११ जना

सुदुरपश्चिम प्रदेशमा

कञ्चनपुरमा १९ जना, कैलालीमा ७९जना, डडेल्धुरामा ४ जना, दार्चुलामा १ जना, बाजुरामा १ जना र बैतडीमा ३ जना

 

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १५७ पुग्यो

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् ।

 

काठमाडौं उपत्यकामा थपिए ठुलो संख्यामा कोरोना संक्रमित

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका १ सय ७७, ललितपुरका ३३ जना र भक्तपुरमा १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढिरहेको छ । हिजो मात्र काठमाडौं उपत्यकाका तीन जिल्लामा १ सय ६६ जनामा कोरोना पुष्टि भएको हो ।

 

कति छन सक्रिय संक्रमित र होम आइसोलेनमा ?

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको छ ।

जसमध्ये प्रदेश नम्बर १ मा १ हजार २ सय २९

प्रदेश नम्बर २ मा १ हजार ७ सय १८

बागमती प्रदेशमा ३ हजार ५ सय ७३

गण्डकी प्रदेशमा ३ सय ५८ जना

प्रदेश नम्बर ५ मा ८ सय ८४

कर्णाली प्रदेशमा ३ सय ६५जना

सुदूरपश्चिम प्रदेशमा १ हजार ५७ जना

हाल देशभरी ४ हजार ५ सय ६१ जना होम आइसोलेसनमा रहेका छन ।

प्रदेश नम्बर १ मा २ सय ६३

प्रदेश नम्बर २ मा ३ हजार ५ सय जना

बागमती प्रदेशमा ४ सय ३५ जना

गण्डकी प्रदेशमा १८ जना

प्रदेश नम्बर ५ मा २ सय ९८ जना

कर्णाली प्रदेशमा २१ जना

सुदूरपश्चिम प्रदेशमा २६ जना

कोरोना संक्रमित नभएका नेपालका यी २ जिल्ला

नेपालको ७७ जिल्लामध्ये हाल २ जिल्लामा कोरोना संक्रमित शुन्य रहेका छन् ।

  • हुम्ला
  • मुस्ताङ

काठमाडौंसहित यी ७ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संकमित

नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

  • मोरङ
  • पर्सा
  • महोत्तरी
  • रौतहट
  • काठमाडौं
  • सर्लाही
  • बारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?