मालदिभ्समा पनि कोभिड-१९ का संक्रमित बढ्दै

माले । दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड १९ का संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ ।

मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ संक्रमितहरुको संख्या छ हजार नाघेको छ । दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढेका प्राप्त समाचारमा जनाइएको हो ।

यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको स्थानीय मिडियाहरुले जनाएका छन् ।

मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार यहाँ संक्रमण हुने व्यक्तिको संख्या ६ हजार ७७९ पुगेको छ ।

यहाँका संक्रमितमध्ये ४ हजार २२२ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ५३२ जना भने संक्रमित नै रहेका र उपचार गराइरहेका छन् ।

अधिकारीहरुले यहाँ बाहिरबाट आएका व्यक्तिहरुबाट कारोना भाइरसको संक्रमण बढ्दै गएको पाइएको पनि बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?