काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको कटु आलोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ।
उनको बोलीलाई गोप्य रुपमा रेकर्डिङ गरिएको उक्त सामग्रीमा ट्रम्पकी दिदीले भाइलाई ‘सिद्धान्तहीन, ढँटुवा, नक्कली तथा निर्दयी’ भनेकी छन्।
राष्ट्रपतिकी भतिजी मेरी ट्रम्पले उक्त गोप्य कुरा रेकर्डिङ गरेकी थिइन्।
मेरी ट्रम्पको गत महिना प्रकाशित किताबमा राष्ट्रपतिको चर्को आलोचना गरिएको छ।
कुनै कानूनी समस्यामा फस्नबाट जोगिन आफूले सो रेकर्डिङ गरेको मेरी ट्रम्पले बताएकी छन्।
श्रव्य सामाग्रीमा भनिएको छ, ‘हे भगवान् ! उसको ट्वीट र झु, यो नक्कलीपना र निर्दयीपन’ श्रव्य सामग्रीमा मारियनले भनेको सुनिन्छ।
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया