काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख १२ हजार ५१३ जनाको मृत्यु भएको छ भने २ करोड ३५ लाख ८३ हजार ६१६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ६० लाख ८० हजार ५७३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ५१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अस्ट्रेलियामा कोरोना भाइरसका कारण अहिलेसम्म ५१७ जनाको मृत्यु भएको छ भने २४ हजार ९१५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ १९ हजार २३३ जना संक्रमण मुक्त भएका छन् भने ५ हजार १६५ जना उपचाररत छन् । त्यस्तै ३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १५ जनाको मृत्यु भएको छ भने १०३ जना संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया