मनमोहन मेडिकल कलेजले कोभिड उपचारको लागि थप्यो ३३३ शैयाको बेड

काठमाडौं । कोभिड-१९ का बिरामीहरुलाई उपचार गर्नको लागि आइसोलेसन बेडहरुको अभाब भइरहेको अवस्थामा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले कोभिड १९ का बिरामीहरुको उपचारको लागि ३३३ शैयाको बेड सहित उपचार शुरु गरेको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्धारा काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. १, दहचोकमा निर्माण गरिएको अत्याधुनीक सुविधा सम्पन्न भबनमा भाद्र २ गतेबाट कोभिडका बिरामीहरुको उपचार सुरु गरिएको हो । उक्त भबन ७५,००० वर्गफिट क्षेत्रफल ओगटेको ५ तल्ले ६० कोठा ७ वटा ल्याव सहित हल भएको वेसिक साईन्स भवनको रुपमा निर्माण गरिएको थियो ।

क्वारेन्टिन सञ्चालन गर्नका लागि नेपाल सरकारले संस्थालाई अनुरोध गरेपछि संस्थाले उक्त भबन कोभिडको बिरामीको उपचारको लागि सरकारलाई उपलव्ध गराएको जनाएको छ । अस्पतालको भौतिक संरचना सरकारलाई उपलव्ध गराएपनि उक्त कोबिड १९ का बिरामीहरुको उपचार तथा अस्पताल सञ्चालन मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूबाट नै गरिएको अस्पतालद्धारा जारि गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त अस्पतालमा हालसम्म त्यहाँ ६८ जना पिसीआर पोजेटीभ तथा अन्य बिरामीहरु आईसकेको र सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

अस्पतालका अध्यक्ष÷पुर्व मन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले श्रद्धेय नेता मनमोहन अधिकारीको स्मृतिमा बनेको सहकारी संस्थाले कोरोनाको महामारीमा सरकारलाई अप्ठ्यारो परेको अवस्था र राष्ट्रव्यापी फैलिरहेको महामारीलाई नियन्त्रण गर्न आफ्नो कर्तव्य ठानि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई गत जेष्ठ २५ गतेमा नै उक्त भबन उपलब्ध गराई सकेको जानकारी दिए ।

कोभिड १९ का बिरामीहरुलाई उपचार गर्नका लागि मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा प्रशासनिक कर्मचारी र त्यहाँ लाग्ने सम्पूर्ण औषधि तथा अन्य आवश्यक उपकरणहरु÷आइसोलेसनको ब्यवस्थापनमा अस्पताल प्रशासनले गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?