काठमाडौं । नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका एक ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो समय नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यस्तै हिजो नेपालमा कोरोनाको कारण ९ जनाको मृत्यु भएको थियो । कुल संक्रमितको तुलनामा ० दशमलव ४७ प्रतिशत संक्रमितको निधन भएको प्रवक्ता गौतमले बताए ।
नेपालमा बितेको २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने बितेको २४ घण्टामा थप २ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १८ हजार ६ सय ३१ जना पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया