आफ्नै आमाको हत्या गरेको अभियोगमा एक युवा पक्राउ

सर्लाही । आफ्नै आमाको हत्या गरेको अभियोगमा सर्लाहीमा एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवान रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्गा प्रहार गर्दा आमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

टाउकोमै चोट लागी गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?