टिकटकले अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध मुद्धा हाल्ने !

काठमाडौं । अमेरिकामा टिकटक प्रतिबन्धको विषयलार्य लिएर कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लिगल एक्शनको तयारी गरेको छ ।

ट्रम्पको एक्जीक्यूटिभ अर्डरका अनुसार टिकटक एपको मुख्य कम्पनी बाइटडान्समाथि अमेरिकामा सेप्टेम्बरको मध्यसम्ममा व्यापारमा प्रतिबन्ध लाग्नेछ । टिकटकका अनुसार ट्रम्पको प्रशासन तथ्यको जानकारी राख्दैन ।

उसले लगभग एक वर्ष कम्पनीले ट्रम्प प्रशासनसँग जोडिने कोशिस गरेको थियो । तर यसको लागि उचित प्रक्रियाको कमीलाई कम्पनीले साम्ना गर्नुपरेको कम्पनीको भनाई छ । कम्पनीका प्रवक्ताका अनुसार नियमको कहिल्यै उपेक्षा गरिएको छैन ।

कम्पनीले आफ्नो उपभोक्ताहरुसँग राम्रो व्यवहार ने गरेको प्रवक्ताले बताएका छन् । उनीहरुसँग अब यो बाहेक अन्य विकल्प नभएको बताइएको छ ।

अब कोर्टमा एक्जीक्यूटिव अर्डरको चुनौति दिइनेछ । यो हप्ता कानूनी कारवाही शुरु हुने टिकटकले आशा गरेको छ ।

शुक्रवार चीन र अमेरिकाको एक ग्रुपले वी च्याट एप माथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपतिको निणएविरुद्ध एक मुद्धा तयार गरेका छन् ।

चीनको कम्पनी टेसेन्ट वीच्याटको स्वामित्ववाला कम्पनी हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?