चीनद्वारा नयाँ उपग्रहको सफल परीक्षण

काठमाडौं । चीनले आफ्नो जियूक्यूआन उपग्रह प्रक्षेपण केन्द्रबाट आईतवार एक नयाँ ओप्टिकल सुदूर संवेदी उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

उपग्रह ‘गाओफेन-९ ०५’ लाई एक मार्च २ डी क्यारियर रकेटको माध्यमबाट कक्षमा पठाइएको हो । रकेटको माध्यमबाट एक बहुउद्देशीय परीक्षण र टियांटुओ-५ नामक एक अन्य उपग्रह पनि प्रक्षेपित गरेको छ ।

समाचार एजेन्सी सिन्हुआको खबरका अनुसार आईतवार भएको प्रक्षेपण लांग मार्च रकेटको ३४३ औँ मिशन थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?