काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । गत वर्षको डिसेम्बर अन्तिम सातामा चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख ८ हजार ६९७ जनाको मृत्यु भएको छ भने २ करोड ३३ लाख ८० हजार ५६९ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै १ करोड ५९ लाख ६ हजार ४७९ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ७१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ८० हजार १७४ जनाको मृत्यु भएको छ भने ५८ लाख ४१ हजार ४२८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३१ लाख ४८ हजार ८० जना संक्रमण मुक्त भएका छन् भने २५ लाख १३ हजार १७४ जना उपचाररत छन् ।
त्यस्तै १६ हजार ७३९ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा १२ हजार १३४ जनाको मृत्यु भएको छ भने ६ लाख ६४ हजार ९५९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ६ लाख ९६८ जनालाई संक्रमण भएको छ भने ११ हजार ७२२ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ५ लाख ९७ हजार ५९७ जनालाई संक्रमण भएको छ भने १० हजार २८२ जनाको मृत्यु भएको छ ।
अमेरिकामा शनिवार मात्रै ४३ हजार ८२९ जना संक्रमित थपिएका छन् भने ९७४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया