काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । नेपालसहित विश्वका २१३ वटा देशहरुमा यसको प्रकोप फैलिसकेको छ ।
कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ८ लाख ८ हजार ६८१ जनाको मृत्यु भएको छ भने २ करोड ३३ लाख ७९ हजार ६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ५९ लाख ६ हजार ३७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै विश्वमा ६१ हजार ७०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ५६ हजार ८४६ जनाको मृत्यु भएको छ भने ३० लाख ४३ हजार ४३६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २२ लाख ७९ हजार ९०० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७ लाख ६ हजार ६९० जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शनिवार मात्रै हाल सम्मकै धेरै संक्रमित थपिएका छन् ।
शनिवार ७० हजार ६८ जना संक्रमित थपिएका छन् भने ९१८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया