काठमाडौं । भारतको दिल्ली स्थित धौला कुवा क्षेत्र ।

जहाँको क्षेत्रमा एक आर्मी स्कूलको नजिक शुक्रवार राती स्पेशल सेल र आईएसआईएसका आतंककारीको बीचमा इन्काउण्टर शुरु भएको थियो ।

उनीहरु अफगानिस्तानबाट षड्यन्त्र बनाउँदै भारतको दिल्ली र उत्तरप्रदेशको साथै राममन्दिर बमद्वारा बिस्फोट गराउने योजनामा लागेका थिए ।

उक्त आतंककारीमध्ये एक जना समातिए भने एक जना फरार भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतीय सञ्चारमाध्यका अनुसार अहिले उत्तर प्रदेशमा हाई अलर्ट जारी रहेको छ । उनीहरुसँग भेटिएको बम भारतीय पुलिसले बुद्ध पार्कमा लगेर डिस्पोज गरेको छ ।

यो सुनसान क्षेत्र भएकोले त्यहाँ लगेर डिस्पोज गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यसका साथै भारत ध्वस्त पार्ने आईएसआईएसको सपना र षड्यन्त्र तुहिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अहिले उक्त समातिएका आतंककारीसँग सोधपुछ चलिरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया