यीनै हुन् दिल्लीमा समातिएका आतंककारी : ‘जो बम बिस्फोट गरेर राम मन्दिर उडाउन चाहान्थे’ !

काठमाडौं । भारतको दिल्लीमा आज विहा भएको इण्काउण्टरमा समातिएका आईएसआईएसका आतंककारी अबू युसूफले प्रहरीको शोधपुछका क्रममारहस्मयी खुलासा गरेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले दिल्ली र उत्तर प्रदेशमा बम बिस्फोट गर्ने षड्यन्त्रमा आफू रहेको बताएका हुन् ।

उनी अफगानिस्तानमा रहेका आफ्ना मालिक (आका) सँगको सम्पर्कमा रहेको खुल्न आएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनलाई त्यहीबाट दिशा निर्देशन दिने गरिएको पत्ता लागेको हो । उनीहरु राम मन्दिरमा बम बिस्फोट गर्ने षड्यन्त्रमा रहेको पत्ता लागेको हो ।

उनीहरुसँगबाट एक प्रेशर कुकर बम बरामद गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनीहरु दुई जना मध्ये एक जना भाग्न सफल भएको बताइएको छ ।

आईएसआईएसका आतंककारी समातिएसँगै उत्तर प्रदेशमा हाई अलर्ट जारी गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?