धरानमा एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

अस्पतालका प्रवक्ता डा निदेश सापकोटाका अनुसार धरान–१५ का ६७ वर्षीय पुरुषको शनिवार मध्यान्ह मृत्यु भएको हो ।

उच्च रक्तचापको समस्या भएका ती पुरुषमा गत साउन २७ गते कोरोना पुष्टि भएको थियो भने धरानकै एन्फा क्वारन्टाइनबाट रिफर गरेर प्रतिष्ठानमा पनि सोही दिन भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?