अष्ट्रेलियामा कोरोनाबाट थप १३ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व ग्रस्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख ३ हजार २०० जनाको मृत्यु भएको छ भने २ करोड ३१ लाख १७ हजार ८१३ जनालाई संक्रमण भएको छ । त्यस्तै १ करोड ५७ लाख ११ हजार ४७४ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै ६१ हजार ८३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै विश्वमा अहिले ६६ लाख ३ हजार १३९ जना स्वास्थ्योपचाररत छन् भने पछिल्लो २४ घण्टामा विश्वमा ६०० जनाको मृत्यु भएको छ भने ९ हजार ३९८ जना संक्रमित थपिएका छन् ।

यसैबीच अष्ट्रेलियामा अहिलेसम्म ४८५ जनाको मृत्यु भएको छ भने २४ हजार ६०२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने १९५ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?