कोरोना विश्व अपडेट यस्तो छ महामारीको पछिल्लो अवस्था (ताजा विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ९९ हजार ७ सय ३५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३० लाख १३ हजार ६ सय ९७ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ५६ लाख ३१ हजार १ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ७ सय ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७७ हजार ७ सय ७८ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १९ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५७ लाख ६६ हजार १ सय ५७ पुगेको छ । हालसम्म ३१ लाख ५ सय ८७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ४ सय २३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ५४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ७ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ३५ लाख १३ हजार ३९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १२ हजार ६ सय ७० जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २६ लाख ५३ हजार ४ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण २ सय ४७ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५५ हजार ९ सय २१ पुगेको छ । बितेको २४ घण्टामा ६७ हजार ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २९ लाख ७२ हजार २ सय ३५ पुगेको छ । हालसम्म २१ लाख १७ हजार २ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय ४६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १६ हजार १ सय ८९ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ८ सय ७० जनामा कोरोना पुष्टि भएको र ९० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ४६ हजार ९ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ६१ हजार ३ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ६ सय १८ पुगेको छ । हालसम्म ५ लाख ९९ हजार ९ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ९७ हजार १ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

पेरुमा हालसम्म पेरुमा २७ हजार ३४ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ५ लाख ६७ हजार ५९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३ लाख ८० हजार ७ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय १९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ६ हजार ७ सय ७५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ४३ हजार ८ सय ६ पुगेको छ । हालसम्म कोरोनाको कारण ५९ हजार १ सय ६ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ६ सय २५ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ३ लाख ७१ हजार ६ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ५ सय ३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ७ सय २३ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ३ लाख ९३ हजार ७ सय ६९ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ६७ हजार ८ सय ९७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ७२ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ८ सय १३ पुगेको छ । हालसम्म ४ लाख ४ हजार २ सय २९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५ सय २२ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा स्पेनमा कोरोनाको कुनै असर देखिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?