सरकारले काठमाडौं उपत्यकामा एकिकृत क्वारेन्टाइन निर्माण गर्ने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एकिकृत क्वारेन्टाइनको व्यवस्थापन गर्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । एकिकृत क्वारेन्टाइनको प्रवन्ध र व्यवस्थापन गर्नका लागि एकिकृत क्वारेन्टाइन व्यवस्थापन समिति निर्माण गर्ने निर्को उनले बताए ।

गृहमन्त्रालयको सचिवको संयोजकत्वमा समिति निर्माण गर्न लागिएको हो ।

मन्त्रिपरिषद्को निर्णय सुनाउदै खतिवडाले भने, ‘संयोजकमा गृहमन्त्रालका सचिव र अरु सदस्यहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च तहका कर्मचारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका सहसचिव, सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका उपत्यका हेर्ने राजपत्रांकित प्रथम श्रेणीका पदाधिकारीहरु र काठमाडौं उपत्यकाका क्वारेन्टाइन रहने स्थानका स्थानीय तह प्रमुखले तोकेका प्रतिनिधीहरु र र गृह मन्त्रालयको सदस्यसचिव, सहसचिव र अन्य सदस्य रहनेगरी समिति निर्माण गर्न लागेको हो ।’

यो समितिले एकिकृत रुपमा क्वारेन्टाइनको प्रवन्ध र व्यवस्थापन गर्ने, काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा रहेको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मार्फत सम्बन्धित स्थानिय तहको समन्वयमा काम गर्ने भनेर तोकिएको छ ।

त्यसमा पहिलो काम क्वारेन्टाइन स्थलको पहिचान, संचालन र व्यवस्थापन गर्ने, क्वारेन्टाइन स्थलको निर्माण मर्मतको काम सडक विभाग तथा भवन निर्माण मार्फत गर्ने । एकिकृत क्वारेन्टाइन सुरक्षाको काम नेपाली सेनाले गर्ने ।

त्यस्तै, क्वारेन्टाइन सञ्चालन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डको पालना गर्ने र गराउने र काठमाडौं उपत्यकाको एकिकृत क्वारेन्टाइनको अनुगमन गर्ने निर्णय भएको खतिवडाले निर्णय सार्वजनिक गर्दै जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?