काठमाडौं । नेपालमा आज (शुक्रवार) थप ८३८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४८३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १३७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।
नेपालमा हिजो (बिहीवार) ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा कोरोना भाइरसको पछिल्लो विवरण

प्रदेश अनुसार सक्रिय संक्रमितको संख्या

उपत्यकामा थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा १ सय ४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने हाल १२ हजार १ सय ३२ जना संक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमित कुन जिल्लाका कति ?







क्वारेन्टाइनमा रहने तथा डिस्चार्ज हुनहरुको संख्या

उपचाररत संक्रमितहरुको प्रादेशिक विवरण

पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरुको विवरण

हालसम्म पीसीआर परीक्षणमा कति खर्च भयो ? मन्त्रालयले सार्वजनिक गर्यो तथ्यांक
काठमाडौं । हालसम्म आइटी पीसीआरको जम्मा टेस्ट ५ लाख ७९ हजार ९९ भएको छ । यसमा नेपाल सरकारको प्रतिव्यक्ति ५ हजार ५०० खर्च हुन्छ । यो खर्च पिपिई बाहेक ल्याब टेस्टमा मात्रै ३ अर्ब १ करोड ९४ लाख ४४ हजार ५०० भएको छ ।
यति पैसा खर्च गरेर ३० हजार ४ सय ८३ जनामा संक्रमण पष्टि भएको छ ।
एउटा व्यक्ति पोजेटिभ भेट्न १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्चिएको छ ।
‘एउटा केस भेट्दाखेरी हाम्रो राज्यको १ लाख ४ हजार रुपैयाँ खर्च हुन्छ । त्यसपछिको उपचारमा पनि खर्च हुन्छ । एकजना व्यक्तिलाई आईसीयूमा ३० दिन राख्नु पर्यो भने ४ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसरी कोरोनाको जाँच गर्ने, जाँचबाट पोजेटिभ पत्ता लगाउने, उपचार गर्न बहुत खर्चिलो छ । यसैले जरुरी काम नपरी घरबाट ननिस्कन अनुरोध छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
निषेधाज्ञाको बेला पनि घरबाहिर निस्केको पाइएको भन्दै उनले निस्कने परे अनिवार्य पास्क लगाउन र २ मिटरको दूरी कायम गर्न अनुरोध गरे ।
साबुनपानीले हात धुने या सेनिटाइजर प्रयोग गरिए राज्यले गर्ने १ लाख ४ हजार खर्च बच्न सक्ने बताए ।
यस्तै तीजमा तथाभावी नाचखान र भेला भएको पाइएको भन्दै त्यसो नगर्न पनि सचेत गराए । एकाघरका परिवारका सदस्यका बीचमा मात्रै चाड मनाउनका समेत आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया